रुकुम पश्चिममा सुरु भयो मतगणना

रुकुम पश्चिममा सुरु भयो मतगणना

केन्द्रबिन्दु
0
Shares

रुकुम पश्चिममा मतगणना सुरु भएको छ । सुरुवाती चरणमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १ को मतबाट गणना सुरु भएको हो ।  

यहाँबाट सरकारका अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एमालेबाट नन्दराम देवकोटा, राप्रपाबाट  दिपककुमार मल्ल र गठबन्धनको बागीको रुपमा स्वतन्त्र उम्मेदवार तारक केसी प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।

यस्तै रुकुम पश्चिम (क) बाट प्रदेश सभा तर्फ नेकपा एमालेबाट नारायण शाह र  माओवादीबाट महेन्द्र केसी उम्मेदवार छन् भने (ख) एमालेबाट कर्णबहादुर घर्ती र माओवादीबाट राजकुमार शर्मा उम्मेदवार छन् ।

Logo