मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

मोरङको क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा.शेखर कोइरालाले अग्रता बनाएका छन् । 

उनले एक हजार सात सय ७७ मत ल्याएका छन् । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा  नेकपा (एमाले)का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् । 

यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याएका छन् । हालसम्म चार हजार छ सय ६९ मतगणना भएको  । यस्तै  क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले  तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२  मत पाएका छन् । सो क्षेत्रमा १२ हजार तीन सय ८२ मतगणना भएको छ । 

यसैगरी क्षेत्र नं ५ ‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४  मत पाएका छन् । त्यहाँ १५ हजार आठ सय १३ मत गणना भएको छ । मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत पाएका छन् । 

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक भएको छ । परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गरेका छन् । यसैगरी क्षेत्र नं ४(क) प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याएका छन् । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।

Logo