गृहमन्त्री खाणलाई राप्रपाका बोहोराले पछि पारे

गृहमन्त्री खाणलाई राप्रपाका बोहोराले पछि पारे

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाण पहिलोपल्ट मतगणनामा पछाडि परेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा उनले रुपन्देही- ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आएका थिए । 

तर, मंगलबार बिहानदेखि बोहोराले खाणलाई पछाडि धकेलेका छन् ।

बोहोराले ४१ सय ७० र खाणले ३९ सय १९ मत पाएका छन् । उनी साढे दुई सय मतले पछाडि परेका छन् । खाण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिएका थिए ।

राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी १ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके १ मा धवलशमशेर राणा र रुपन्देही ३ मा दीपक बोहोरा छन् ।

Logo