मोरङ ६ मा शेखर कोइरालाले लिए २ हजार बढीको अग्रता

मोरङ ६ मा शेखर कोइरालाले लिए २ हजार बढीको अग्रता

केन्द्रबिन्दु
0
Shares

मोरङ मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले २ हजार बढी मतले अग्रता कायम गरेका छन्।

विराटनगरस्थित आदर्श माविमा जारी मतगणनामा गठबन्धनतर्फका कांग्रेस केन्द्रीय सदस्य कोइरालाले ११ हजार १०९ मत हासिल गरेका छन्। २८ हजार २१७ मत गणना हुँदा कोइरालाका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले ८ हजार ९५० मत हासिल गरेका छन्।

कोइरालाले २ हजार १ सय ५९ मतको अग्रता बनाएका छन्। हालसम्म सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४, ५, ६, र ७ को मतगणना भइसकेको छ। त्यसैगरी, बुढीगंगा गाँउपालिकाको वडा नम्बर ७ को गणना भइरहेको छ। मोरङ क्षेत्र नम्बर ६ मा १ लाख २६ हजार ७ सय ६१ मतदातामा ८५ हजार ८२७ मत खसेको छ।

Logo