कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिंड्नेहरू सँग एकता सम्भव छैन -माधव नेपाल

कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिंड्नेहरू सँग एकता सम्भव छैन -माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् ।

बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने,  'सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।' 

अध्यक्ष नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका अध्यक्ष नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताए । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत उनले बताए । 

Skip This
Skip This
Logo