स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन्। नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाए।
२०७४ सालको संघीय निर्वाचनमा एमालेका मरासिनी निर्वाचित भएका थिए।





























प्रतिक्रिया