रुपन्देही २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

रुपन्देही २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो। सत्ता गठबन्धनका दलहरुसहित राष्ट्रिय  स्वतन्त्र पार्टीले रुपन्देही २ मा पुनः मतदान गर्नुपर्ने माग गरेका छन्। उनीहरुले शुक्रबार पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।

मतपेटिकामा मुचुल्कामा भन्दा ३४ मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए। त्यहाँ क्षेत्रमा एमाले उम्मेद्वार विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

Skip This
Skip This
Logo