महोत्तरी- ३ बाट महन्थ ठाकुर निर्वाचित

महोत्तरी- ३ बाट महन्थ ठाकुर निर्वाचित

केन्द्रबिन्दु
0
Shares

महोत्तरी- ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराउँदै ठाकुर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। अन्तिम मत परिणामअनुसार  ठाकुरले १६ हजार ३ सय ७५ मत ल्याए भने यादवले १४ हजार ३ सय २५ मत मात्रै पाए । 

ठाकुर सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् भने यादवलाई नेकपा एमालेको समर्थन रहेको थियो । यसअघि ०७४ को निर्वाचनमा पनि ठाकुर यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

साथै सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत, नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार ९४९ मत तथा जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत पाए । 

Skip This
Skip This
Logo