इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ ।
इलाम नगरपालिकाको वडा नम्बर २ को मत गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो । मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरीको स्थिति तनावपूर्ण बनेको छ ।
सो क्षेत्रमा नेकपा एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भैरहेको छ । उनीहरुबीच झिनो मतान्तर देखिन्छ, जहाँ खड्का अगाडि छन् ।





























प्रतिक्रिया