प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको हाे ।
यद्यपी उक्त मतपरिणाम आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।
यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।
हालसम्म ८८ लाख ९४ हजार मत गणना हुँदा नेकपा एमालेले २४ लाख ४२ हजार मतका साथ पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । साथै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तेस्रो स्थानका लागि टक्कर चलिरहेको छ । माओवादीले १० लाख १६ हजार मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार मत प्राप्त गरेको छ ।





























प्रतिक्रिया