सुनसरी-४ र उदयपुर-१ मा मतगणना अझै सुरु हुन सकेन

सुनसरी-४ र उदयपुर-१ मा मतगणना अझै सुरु हुन सकेन

केन्द्रबिन्दु
0
Shares

सुनसरी क्षेत्र नम्बर ४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । 

संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । विवाद समाधान हुन नसक्दा गणना अघि बढ्न सकेको छैन । गणना रोकिँदासम्म कांग्रेस उम्मेदवार कार्की एमाले उम्मेदवार जगदिश प्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन् । कार्कीले २३ हजार ४ सय ३९ मत ल्याउँदा कुसियैतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् । उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा।नारायण खड्काले अग्रता कायम राखेका छन् । 

खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेका छन् । दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन । दोलखाको १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

Logo