धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी


धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन् । विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए । २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

Logo