कांग्रेस प्रवक्ताको प्रश्न, मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन ?

कांग्रेस प्रवक्ताको प्रश्न, मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । बुुधबार ट्वीटमा सत्तारुढ दलका दुई नेतालाई मेन्सन गर्दै प्रवक्ता शर्माले मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन भन्दै प्रश्न गरेका हुन् । साथै उनले नौ वर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराहीमा राख्ने भन्दै आक्रोस पोखेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘सत्ताद्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन आदरणीय @PM_Nepal @cmprachanda ? नौ वर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही ? ।’

त्यस्तै नौ वर्षका बालकको ज्यान जानु झाडापखालाले नभएर सरकारको अकर्मण्यताले भएको उनको आरोप छ । उनले ट्वीटरमा थपेका छन्–‘माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन । हाम्रो अकर्मण्यताले भएको हो ।’

Logo