प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ ।
दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत पाएको छ ।
पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले ११ लाख चार हजार १६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
यसैगरी जसपाले चार लाख आठ हजार ९६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार १९६ मत पाएका छन् ।





























प्रतिक्रिया