टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

सुनसरीको धरान उपमहानगरपालिका–६ को सुतार चोकमा शनिबार राति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । 

घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१५ का ५३ वर्षीय देवान सिंह राई रहेको प्रहरीले जनाएको छ । हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । 

टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Logo