सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न सरकारद्वारा समिति गठन

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न सरकारद्वारा समिति गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । 

सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो । 

सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन् । 

काठमाडौं उपत्यकामा सुकुम्वासी व्यवस्थापनको समस्या पेचिलो बन्दै गएको छ । केही दिनअघि मात्रै थापाथलीको सुकुम्वासी क्षेत्र तनावग्रस्त बन्यो । सुकुम्वासीलाई हटाउन डोजरसहित पुगेका काठमाडौं महानगरका प्रहरीहरू र त्यहाँका बासिन्दाबीच झडप भएको थियो । झडपमा दुबै पक्षका दजनौं घाइते भएका थिए ।  
 

Skip This
Skip This
Logo