दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ ।
नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको उनले बताए ।
स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनले बताए । पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।





























प्रतिक्रिया