प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । 

यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् । सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदान सहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ । 

सिंह काठमाडौं १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् । 

Logo