निर्वाचनको नतिजा अपेक्षाकृत नआएको सत्ता गठबन्धनकाे निष्कर्ष, तर निरन्तरता दिने

निर्वाचनको नतिजा अपेक्षाकृत नआएको सत्ता गठबन्धनकाे निष्कर्ष, तर निरन्तरता दिने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ ।

निर्वाचनपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो सत्ता गठबन्धनको बैठकले चुनावी परिणाम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । तर, बैठकले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

‘चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरियो ।’ उनले भने, बैठकले आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।’  गठबन्धनका दलहरूले आजै संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनमोर्चाका दुर्गा पौडेललगायतका नेता सहभागी थिए । 

Logo