सत्ता गठबन्धनको संयुक्त विज्ञप्तिः ‘स्थायित्व र आर्थिक समृद्धिका लागि सहकार्य जरुरी’

सत्ता गठबन्धनको संयुक्त विज्ञप्तिः ‘स्थायित्व र आर्थिक समृद्धिका लागि सहकार्य जरुरी’

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

बैठकपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजाले सहकार्य गर्दै अघि बढ्न सन्देश दिएको बताएका छन् । साथै मुलुकका विद्यमान समस्याको सामना गर्नुपर्ने आवश्यकताका कारण गठबन्धन जरुरी रहेको निष्कर्ष निकालेको छ । 

\"\"

Logo