समानुपातिक सांसद टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

समानुपातिक सांसद टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

बैठक शुक्रबार दिउँसो १ बजेका बस्न लागेको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो । 

एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुने छन् । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन पत्र पठाएको हो ।आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ । 

Logo