कुहिने फोहरबाट मल बनाउन महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने

कुहिने फोहरबाट मल बनाउन महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले फोहरबाट मल बनाउन  ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ । महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको जनाएको छ ।

त्यसका लागि महानगरपालिकाको वातावरण तथा कृषि विभागमा सम्पर्क गर्न भनेको छ। एउटा बिनका लागि १५ सय रुपैयाँ लाग्ने  छ । महानगरले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न महानगरबासीलाई भनेको थियो । तर त्यो अभियान सफल हुन नसकेपछि महानगरले बिन वितरणको अभियान थालेको हो । 

Skip This
Skip This
Logo