लम्कीचुहा नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप

लम्कीचुहा नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप

केन्द्रबिन्दु
0
Shares

कैलालीको एक नगरपालिकाकी मेयरले पत्रकारलाई बन्धक बनाएको आरोप लागेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको आरोप लागेको हो । कैलालीका पत्रकार ढुङ्गाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए । मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारीसाधन प्रयोग गरिरहेको बारेमा रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुङ्गानाले बताए ।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएर खिचेका सबै तस्वीर तथा भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन् । यसैबीच ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ । सचिव जनक बिष्टले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Skip This
Skip This
Logo