टिकापुर घटनाका आरोपी रेशम चौधरी लगायतलाई थुनामुक्त गर्न सरकारले अध्यादेश ल्याएपछि कांग्रेसभित्रै त्यसको विरोध भएको छ ।
रेशम, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनमत पार्टीका अध्यक्ष सीके राउतको मुद्दा फिर्ता हुने, देवानी र फौजदारी कार्यविधि संशोधन गरी अध्यादेश आउन लागेपछि सत्तामै रहेको नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले गलत भएको उल्लेख गरेका छन् ।
शर्माले आइतबार राति ट्विट गर्दै ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् असहमति’, शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै गरेका छन्, ‘संक्रमणकाल’मा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत! कानुनी र राजनीतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ।’
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा ल्याउन सजिलो हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।





























प्रतिक्रिया