संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेका छौं -मुख्यमन्त्री केसी

संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेका छौं -मुख्यमन्त्री केसी

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दावी गरेका छन् । 

लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो भनाई राखेका हुन् । उनले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पारे । 

आफू नेतृत्वको प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोडने गरी १३ सय किलो मिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्विनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनको भनाई थियो । 

उनले भने- ‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतमबुद्धको जन्मस्थल लुम्विनी छ । त्यसको नजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौं । प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रुपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ । पहिलो प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनु पर्दछ । त्यसलाई स्थापित गरिदिनु पर्छ । एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौं ।’ 

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताए । उनले केही दिन भित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए । लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको उनले पटकपटक दोहो-याए ।

Logo