अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक नै बिगारिदिए

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक नै बिगारिदिए

केन्द्रबिन्दु
0
Shares

संसद सचिवालयले १६औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलवार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए । 

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले घोर आपत्तिसमेत जनाए । 

कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै अध्यक्ष तिमिल्सिनाले कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए । उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ? भन्दै प्रश्नसमेत गरे । 

‘म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसदको नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो । माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ? अनि हामी हाम्रो दायित्व त पटक्कै पूरा नगर्ने, मलाई लाग्छ, केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ ।’ उनले भने, ‘लोकसेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिष्पर्धा मात्रै हेर्नुभयो की ? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो ? संघीय संसदमा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो । कसरी तालमेल मिल्छ यो कुरा ? तपाईहरु कहाँ हुनुहुन्छ ? राजनीतमा हे¥यो, सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फोड्ने, संसदमा आम रुपमा पुराना राजनीतिक पार्टी, सांसदहरुप्रति जे गुनासो आयो ? त्यो अर्कोको कारणले होइन ।’ 

उनले अगाडि थपे, ‘सुविधा नपुगेको कारणले होइन, आफूले गर्नुपर्ने ड्युटी, इमान्दारिता, अनुशासन र समर्पणका कमीले ती कुराहरु आएका हुन् । यो कुरा सबैले बुझ्नुपर्छ । यो सेवामा न्युनतम सुविधा कटौती भएको छ भने त्यहाँनेर भन्नुहोस् । म घोर आपत्ति व्यक्त गर्दछु । पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौँ ? एक जना देखाउनुस्, प्रमोशन र पुरस्कृत एक जना पनि राष्ट्रिय सभाको अध्यक्षले पकेटबाट गरेको छ भने आज राजीनामा दिन्छु । यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ? आफ्नो ड्युटि पूरा गर्ने र सुविधा पनि लिँदै जाने हो । तर यही तालले विमोचन पुस्तकका लागि यहाँ रोकेर राख्ने ? विधेयक समितिबाट एउटा निर्णय पास हुन्छ, टाइप गरेर अर्कै पठाइएको होइन, हाम्रो दोष हो त्यो । तपाईहरुले सबै राम्रो गर्नुभएको छ ? आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खालि सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो । यही सेवाबाट राम्रो गर्छौं भनेर लोकसेवा लडेर आउनुभएको छ नि । कि झुक्याएको छ ।’

Skip This
Skip This
Logo