काठमाडौंले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ -सोविता गौतम

काठमाडौंले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ -सोविता गौतम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छन् । 

बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताएकी हुन् । उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताइन् । 

‘काठमाडौं महानगरपालिकाले कति कुराहरु कमाएको छ । कति कुराहरु गुमाएको छ । कति मौलिकताहरु गुमाएको छ । तर ति मौलिकताहरुलाई अब पुनःजीवित गर्नको निम्ति काठमाडौं महानगरपालिकाले हामीले देखिरहेका छौँ । विभिन्न प्रयासहरु गरिरहेको छ । ति पुनःजीवित गर्ने प्रयासहरुमा तपाई हामी सबैजनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ ।’ उनले भनिन्– ‘आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुर्नजिर्वित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ । त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु ।’
 
उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिइन् । 
 

Logo