काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छः चिरिबाबु महर्जन

काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छः चिरिबाबु महर्जन

केन्द्रबिन्दु
0
Shares

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम प्रमुख महर्जनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । त्यसैगरी उनले ललितपुर महानगरमा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रश्ताव गरे । 

‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरुमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा -यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ ।’ उनले भने, ‘तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ । काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रश्ताव राख्न चाहान्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ । काठमाडौंले बुढानिलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पु-याउन पायौँ भने एकदमै राम्रो हुन्छ ।’
 
प्रमुख महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमुल सुधार गर्नुपर्ने बताए । सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उनले उल्लेख गरे । 

Logo