नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए । पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप उनले लगाए ।
प्रथम राष्ट्रपति यादवले सरकारले गलत काम गरेको खण्डमा त्यसकाबिरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताए । उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए ।
उनले भने- ‘कानून बनिरहेको छ, तपाईहरुको समस्या होला, आफ्नो पेशागत आफ्नो श्रमको बारेमा । तर लेख्ने स्वतन्त्र हुनुपर्छ । त्यसको बारेमा कानूनमा संकुचन गर्न खोजिरहेको छ । यस्तो अवस्थामा हामीले लडेर अघि बढ्नुपर्छ । आउने सरकारमा ज्ञान होस्, बुद्धि होस्, विवेक होस् । म्यानमारमा रहेका नेपालीहरुको स्वतन्त्रताको बारेमा यो सरकारले, यहाँका राजनीतिक पार्टीले उसको लोकतान्त्रिक आन्दोलनमा समर्थन गरेको देखेको छैन । लोकतन्त्रको लडाईंमा कस्तो सहभागिता छ पत्रकारहरुको ।’





























प्रतिक्रिया