रेमिट्यान्स पठाउने श्रमिकका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको छः मन्त्री कुँवर

रेमिट्यान्स पठाउने श्रमिकका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको छः मन्त्री कुँवर

केन्द्रबिन्दु
0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताएका छन् । 

आईतवार अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२को अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भिर भएर काम गरिरहेको बताएका हुन् । उनले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भिर हुन आवश्यक रहेको बताए । 

श्रममन्त्री कुँवरले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भएपनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताए । सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताए । 

उनले भने- ‘रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । विदेशमा गएर दुःख गरी रेमिट्यान्स पठाउने श्रमिकहरुको विषयमा सरकार गम्भिर हुन आवश्यक छ । श्रमिक पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्छ । श्रमिक पठाएको मुलुकमा श्रमिकहरुले न्युनतम पारिश्रमिक र सुरक्षा पाएका छन् की छैनन् । विदेशमा गएर अलपत्र परेका श्रमिकलाई उद्धार गरिएको छ वा छैन भन्ने विषयमा सरकार गम्भिर रहेको छ । श्रम मन्त्री भएपनि श्रम विज्ञ होइन । तर पनि सरकारले विदेशमा गएका अलपत्र गरेका नेपाली श्रमिकहरु सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिको लागि राज्यले अभिभावकीय रुपमा उपस्थित हुनेछ ।’

त्यस्तै श्रम सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिव १३ हजार भन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए ।  

उनले श्रम रोजागार मन्त्रालय खाडी मुलुकहरुमा महिलाहरुलाई विदेशमा काम गर्न पठाउने विषयमा सकारात्मक रहेको बताए । उनले खाडी मुलुकहरुमा महिला कामदार पठाउँदा धेरै दुःखहरु भोग्नुपरेको बताए । वैदेशिक रोजगारीमा जाने देशको श्रम सम्बन्धी कानूनको कारण धेरै अवरोधहरु आएको तथा महिला श्रमिकहरुलाई मोबाइल प्रयोगमा निषेध,पासवर्ड नदिने, दुतावाससँग सम्पर्क राख्न दिने जस्ता समस्याको कारण रोकेको उनले बताए ।

Logo