सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाउने भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए । 'जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधिसभाका सबै सदस्यको सपथ ग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्नु र सरकार गठनको प्रक्रिया पनि सांसदहरुको सपथ ग्रहण गराइसकेपछि गर्नु सुल्टो हुन्छ ।' उनले भने ।
उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।





























प्रतिक्रिया