एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत


नेकपा एमालेकाे संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् ।

एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।

Logo