दलको नेतामा निर्वाचित भएपछि देउवाले भने- ‘आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्‍नेछु’

दलको नेतामा निर्वाचित भएपछि देउवाले भने- ‘आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्‍नेछु’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । 

बुधवार बिहान नेपाली काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । सो अवसरमा उनले आफूलाई काँग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गरे । 

उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’
 
काँग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी बनेका हुन् । शेखर कोइराला समूहमा रहेका ३१ सांसद  र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन ।

Logo