संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छः प्रवक्ता पाण्डे

संसद अधिवेशन आह्वानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छः प्रवक्ता पाण्डे

केन्द्रबिन्दु
0
Shares

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता पाण्डेले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए ।

प्रवक्ता पाण्डेले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए । उनले बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराउनसमेत बताए । 

‘आज मात्रै प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । भोलि १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरुको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आइसीसी हलमा आयोजना गरेका छौँ । यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ । यो बीचमा उहाँहरुले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरुलाई हामी लोगो उपलब्ध गराउँछौँ ।’ उनले भने, ‘त्यसपछि उहाँहरु कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ । हामीले शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरा सहितको पत्र हामीले उहाँहरुलाई उपलब्ध गराउनेछौँ । त्यसपछि शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरुले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्युहरुले आफ्नो मातृ भाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ । राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएको हुनाले त्यही अनुसार एजेण्डा अघि बढ्छ ।’

प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए । 

Logo