सरकारको नेतृत्वका लागि हामीले पनि छलफल चलाएका छौं -रवि लामिछाने

सरकारको नेतृत्वका लागि हामीले पनि छलफल चलाएका छौं -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दावी गर्ने संकेत गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका हुन् । 

बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने पनि स्पष्ट पारे । उनले संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताए । 

सभापति लामिछानेले भने ‘हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन । त्यसो हुनाले अव कुन ढंगले त्यो छलफल अघि बढ्छ भन्न सक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन । यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौंथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकि हेर्दै जाउ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अव संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढनुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’ 

सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरे । । 

उनले भने, ‘अव अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको  विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयाले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु । उहाँहरुलाई उपलब्ध गराउनु पर्ला भनेर यो विषयबस्तु नै अनुसन्धान अथवा खोजवीनमा अदालतमा रहेको हुनाले यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानवीन गर्ने न्याय दिनेछ भन्ने विषयमा म विश्वस्त छु ।’ 

सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा पनि स्पष्ट रहेको जिकीर गरे । 

Logo