सरकार गठनका लागि सत्तारुढ गठबन्धनले छलफललाई तीव्र बनाएको छ ।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा प्रधानमन्त्री बारे सहमति जुटाउनका लागि आज गठबन्धनको निर्णायक बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको छ । शनिबार अबेरसम्म छलफल गरे पनि प्रधानमन्त्रीबारे सहमति जुट्न सकेन ।
तर त्यसअघि भने प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका छन् । माओवादी केन्द्रसँग प्रधानमन्त्रीका लागि सहमति नजुटेपछि अन्तिम बैठक बस्नुअघि छलफलका लागि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।





























प्रतिक्रिया