बालकोट बैठक- प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय, एमालेलाई राष्ट्रपति र सभामुख

बालकोट बैठक- प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय, एमालेलाई राष्ट्रपति र सभामुख

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने भएको छ । आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।  

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ । 

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा भागबण्डा नमिलेपछि अध्यक्ष प्रचण्ड बालकोट पुगेका थिए । जहाँ ओली प्रचण्डसहित एमाले र माओवादीका नेताहरु र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीका नेताहरुबीच बैठक बसेको थियो । 

अंकगणितअनुसार प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ सांसद र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् । यसरी कुल मिलाउँदा हाललाई १६६ सांसदको समर्थनमा सरकार बन्ने देखिएको छ । 

Logo