नेकपा एमालेका अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकाेटको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् ।
प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन् । ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गरेका हुन् ।
एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय गएका छन् ।
राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो ।































प्रतिक्रिया