ओली र प्रचण्ड लागे शीतलनिवासतर्फ

ओली र प्रचण्ड लागे शीतलनिवासतर्फ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् ।

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै दुई नेता शीतलनिवासतर्फ निस्किएका हुन् । राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् । १६६ सांसदको समर्थनसहित राष्ट्रपति कार्यालय जान लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन् । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो । 

Logo