नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।
भारतीय प्रधानमन्त्रीले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डलाई बधाइ दिएका हुन् । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन् ।
मोदीले लेखेका छन्, ‘सीएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा हार्दिक बधाइ’, भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’





























प्रतिक्रिया