प्रदेश १ का नवनिर्वाचित सांसदको शपथ आज

प्रदेश १ का नवनिर्वाचित सांसदको शपथ आज

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज सथप लिने भएका छन् । 

आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन् ।  

त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । यसैबिच प्रदेशसभामा पाँच जना सांसदले मातृ भाषमा लिने भएका छन् । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम÷लिम्बू)मा शपथ लिने सचिव पराजुलीले जानकारी दिए ।

Logo