नेकपा माओवादी केन्द्रको बैठक जारी

नेकपा माओवादी केन्द्रको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

बैठक पार्टी कार्यालय पेरिस डाँडामा बसिरहेको छ ।  पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बैठक बसिरहेको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 
८ बजेदेखि सुरु भएको बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरू बिच छलफल भइरहेको छ । आइतबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेका थिए । 

Skip This
Skip This
Logo