बागमती प्रदेश सभामा राप्रपाको संसदीय दलको नेतामा उद्धव थापा चयन

बागमती प्रदेश सभामा राप्रपाको संसदीय दलको नेतामा उद्धव थापा चयन

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सभाकालागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् ।

राप्रपाको बागमती प्रदेश सभा संसदीय दलको सोमबार बिहान काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको पार्टीका बागमती प्रदेश समितिका अध्यक्ष विक्रम थापाले जानकारी दिए । राप्रपाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक चयन भएका १३ जना सभा सदस्यहरुले प्रतिनिधित्व गर्ने भएका छन् ।

५५ वर्षीय संसदीय दलका नेता थापा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर–२ निवासी हुन् । उनी गत मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

Skip This
Skip This
Logo