प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता

प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली प्रचण्डलाई भेट्न बुधबार बिहान प्रचण्डनिवास खुमलटारमा पुगेका हुन् । सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।  ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको जनाइएको छ । 
 

Logo