प्रधानमन्त्री प्रचण्ड सरे बालुवाटार

प्रधानमन्त्री प्रचण्ड सरे बालुवाटार

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड आज साँझ ज्योतिषले निकालेको शुभ साइतमा सरकारी निवास प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारी निवास बालुवाटार सर्ने चलन छ तर, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भाडाको घर खोज्नु पर्दा ढिलाई भएको थियो । 

निवर्तमान देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवास मर्मतको काम चलिरहेकाले उनी भाडाको घरमा सरेका हुन् ।

Skip This
Skip This
Logo