गृहमन्त्री थापाको कोरोना रिर्पोट नेगेटिभ

गृहमन्त्री थापाको कोरोना रिर्पोट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोरोना भाइरसको परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ । गृहमन्त्री थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोरोना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको हो । प्रदेश २ का मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको बिहीबार स्वाब संकलन गरिएको थियो ।

गत साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए । परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओली सहित उनको नजिक रहने अन्य ६ जनाको रिर्पोट पनि नेगेटिभ आएको थियो ।

Logo