उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । उनी आज निजी निवासबाट सरकारी निवासमा सरेका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि र उनकी पत्नी निकिता पौडेलले सरकारी निवास प्रवेश गर्दा विधिपूर्वक पुजापाठ गरेका थिए । सो क्रममा उनले झण्डोत्तोलन गरेका थिए भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो । तर सलामीका क्रममा भुइँमा पिर्का भने राखिएको थिएन ।
प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलगायत उच्चपदस्थलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । तर, सलामी दिने कुनै प्रावधान नभएको र पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेपछि आलोचना हुँदै आएको थियो ।































प्रतिक्रिया