मधेस प्रदेशमा जनमतको संसदीय दलको नेतामा यादव

मधेस प्रदेशमा जनमतको संसदीय दलको नेतामा यादव

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् । जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् । 

Skip This
Skip This
Logo