स्थानीय सरकारले शून्य लागतमै मौसमी कामदार पठाउन सक्ने

स्थानीय सरकारले शून्य लागतमै मौसमी कामदार पठाउन सक्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका जारी गर्दै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने व्यवस्था गरेको छ ।

सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ जारी गर्दै रोजगारदाताले तोकेअनुसार निश्चित स्थानीय सरकारले नेपाली कामदार पठाउन सक्ने व्यवस्था गरेको हो । छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरेको जनाएको छ । पछिल्लो समय कोरिया, बेलायत, रोमानिया, अस्ट्रिया, जापानलगायतका मुलुकमा नेपालीहरू मौसमी कामदारका रूपमा जान थालेका छन् । तर, मौसमी कामदारका लागि नेपालले कुनै पनि मुलुकसँग श्रम सम्झौता नगरेकाले उनीहरू अनौपचारिक रूपमा जान थालेका हुन् ।

जसकारण एजेन्टहरूले कामदारसँग चर्को शुल्क असुल्ने गरेको पाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । गन्तव्य मुलुकमा पुगेपछि पनि नेपाली कामदारले तोकिएबमोजिम सेवा र सुविधासमेत नपाएर जोखिम पर्ने गरेको गुनासो मन्त्रालयमा आएको उनले बताए । मौसमी कामदारको मागलाई मध्यनजर गर्दै सुरक्षित बनाउन निर्देशिका नै जारी गरिएको सचिव अर्यालले बताए । उनका अनुसार निर्देशिकाबमोजिम रोजगारदाता वा निकायसँग स्थानीय सरकारले कामदारका लागि मागपत्र प्राप्त गर्न सक्नेछन् । स्थानीय तहलाई यस्तो जिम्मेवारी दिँदा वैदेशिक रोजगारी अझै व्यवस्थित हुने अपेक्षा गरिएको उनले बताए । 

Skip This
Skip This
Logo