सरकारमा जान झलनाथ खनालले अघि सारे यस्तो सर्त

सरकारमा जान झलनाथ खनालले अघि सारे यस्तो सर्त

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । 

सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् । तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने उनको प्रस्तावमा उल्लेख छ । 

आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै नेता खनालले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । 

अहिले एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ ।

Skip This
Skip This
Logo